मौसमका कारण चुनाव प्रभावित हुने देखिएको छैन : निर्वाचन आयोग
काठमाडाैँ। निर्वाचन आयोगले मौसमका कारण फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रभावित हुने नदेखिएको जनाएको छ ।
आयोगले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मौसम विज्ञान विभागको रिपोर्ट विश्लेषण अनुसार आजका दिनसम्म फागुन २१ का लागि तोकिएको निर्वाचन प्रभावित हुने नदेखिएको बताएका हुन् ।
‘जल तथा मौसम विज्ञान विभागको रिपोर्ट अनुसार मौसमका कारण चुनाव प्रभावित हुने देखिएको छैन । हामीले विभागसँग ३० वर्षको मौसमको रेकर्ड उपलब्ध गराउन भनेकोमा त्यसको एभरेज निकाल्दा त्यो अवस्था देखिएको हो’, उनले भने, ‘चुनावका समयमा वर्षा देखिएको छैन । मौसम सुख्खा हुने र वातावरण नर्मल हुने देखिएको छ ।’
आयोगले विभागलाई निरन्तर मौसमको अपडेट दिन भनिएको र नयाँ अवस्था आए सोही अनुसार निर्णय गरिने बताएको छ । हिमाली जिल्लामा मौसमका कारण चुनाव प्रभावित हुन्छ कि भन्ने आशङ्का गरिएको छ । यद्यपि सरकारकाले एकै पटक निर्वाचन हुने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण