मोफसलमा फुटबलको छुट्टै क्रेज छ : बालेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मोफसलमा फुटबलको छुट्टै क्रेज रहेको बताएका छन् ।
चुनावी अभियानको क्रममा कोशी प्रदेशमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'फुटबलको राष्ट्रिय लिग काठमाडौँमा चलिरहेको छ । दर्शकको उपस्थिति २–३ सय पनि देखिँदैन । दुख लाग्छ, नेपालको लोकप्रिय खेलमा दर्शक छैनन् भनेर । धेरैलाई लागेको छ, अब नेपालमा फुटबल सकियो । उता मोफसलमा फुटबलको छुट्टै क्रेज छ । मोफसलका गोल्डकपहरुमा हजारौँ दर्शक दैनिक फुटबल हेर्न आउँछन् । फाइनल खेल हेर्ने दर्शकले टिकट नै नपाउने अवस्था छ । '
उनले थप लेखेका छन्– 'काठमाडौँमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले उत्पादन गर्छ । तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित छ । पछिल्ला वर्षमा एकाध क्लब डिभिजन फुटबल भित्र छिरेका छन् । तर केन्द्रीकृत फुटबल संरचनाले काठमाडौँ बाहिरका क्लबलाई टिक्न गाह्रो छ । अब फुटबलको यस्तो नीति बनोस्, जसले फुटबललाई विकेन्द्रीकरण गरोस् र खेलमा व्यवसायीकता भरोस् । फुटबल काठमाडौँमा केही क्लबबिच मात्र सीमित नरहोस् । फुटबल खेल्न कुनै क्लब र खेलाडी काठमाडौँ मात्र आउन नपरोस् । '
'काठमाडौँ क्लब, खेलाडीलाई मोफसलका टिमहरूले निम्ता देओस् । पूर्वमा झापा ११ क्लब उत्रँदै गर्दा मैदान धनगढीका दर्शकहरूले भरियोस् । पश्चिमको धनगढी रंगशालमा मच्छिन्द्र, थ्रीस्टार क्लबहरूको झन्डाले रङ्गियोस् । फुटबल नभएर कुनै खेलाडी बिदेसिन नपरोस्', शाहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण