रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ सुरु
सारांश
- नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
- सर्वोच्च अदालतले यसअघि निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो र अन्तरिम आदेशका विषयमा छलफलका लागि बोलाएको थियो।
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा चौधरीले दिएको रिटमाथि सुनुवाइ भइरहेको छ ।
चौधरीको उम्मेदवारी खारेजीकी निर्णयविरुद्धको रिटमा यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो ।
साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो । माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको थियो ।
पूर्व आदेशानुसारको कार्य सम्पन्न गरी मिसिल प्राप्त भएपछि अन्तरिम आदेशका लागि सुनुवाइका लागि आज पेसी तोकिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण