तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना
सारांश
- नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएको छ।
- सोमबार सुदूरपश्चिमसहित देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने अनुमान गरिएको छ।
- मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन र सतर्कता अपनाउन सुझाव दिएको छ।
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको छ।
सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ।
महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको संकेत गरेको छ। अन्य भू–भागको मौसम मुख्यतया सफा रहने भए पनि चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण