हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय
सारांश
- हङकङका सञ्चार उद्यमी जिमी लाइलाई चीनको आलोचना गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइयो।
- उनलाई राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत दोषी ठहर गरिएको थियो, जुन कानुन बेइजिङले हङकङमा लागू गरेको थियो।
- लाई एप्पल डेलीका संस्थापक हुन् र उनले हङकङको अवस्थाबारे अमेरिकी अधिकारीहरूसँग कुराकानी गरेका थिए।
हङकङ । हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई यो कठोर सजाय दिइएको हो।
हङकङमा खुम्चिँदै गएको स्वतन्त्रताको पक्षमा र चिनियाँ सरकारको विरुद्धमा आवाज उठाउँदै आएका अर्बपति लाइलाई गत डिसेम्बरमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित दुईवटा मुद्दा र एउटा राजद्रोहको मुद्दामा दोषी ठहर गरिएको थियो। अहिले बन्द भइसकेको लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेलीका संस्थापक लाइ लामो समयदेखि बेइजिङका लागि टाउको दुखाइको विषय बनेका थिए।
उनले हङकङको अवस्थाबारे अमेरिकी उच्च अधिकारीहरूसँग पनि संवाद गर्ने गरेका थिए। बेइजिङ र हङकङ सरकारले लाइको अभियोग र जेल सजायलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्।
यो मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्ने आरोपलाई उनीहरूले खारेज गर्दै आएका छन्। झण्डै चार वर्ष लामो कानुनी लडाइँपछि लाइलाई सुनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाद समाधानकाे जिम्ममा रविलाई दिइएपछि बन्दसत्र सुरु, तस्बिरहरू
-
‘यो त बाहिरवालाको सरकार हो, यसले नेपाली जनताको हित गरेन’
-
सरकारमा जाँदा संगठन कमजोर भएको जनमत पार्टीको निष्कर्ष
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण