मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बजेटमा कुरा नमिलेपछि रोकियो ‘कृष ४’, ऋतिक र आदित्य चोपडाबिच खटपट

सोमबार, २६ माघ २०८२, ०९ : ४४
सोमबार, २६ माघ २०८२

सारांश

  • बलिउड फिल्म 'कृष ४' को निर्माण बजेटको विवादका कारण रोकिएको छ।
  • अभिनेता ऋतिक रोशन र निर्माता आदित्य चोपडाबीच बजेटमा कुरा नमिलेपछि फिल्म होल्डमा राखिएको हो।
  • ऋतिक रोशनले स्क्रिप्ट परिवर्तन गरी अन्य स्टुडियोसँग मिलेर फिल्म बनाउने तयारी गर्दैछन्।

मुम्बई । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रेन्चाइज ‘कृष’ को चौथो भाग ‘कृष ४’ लाई लिएर निराशजनक खबर सार्वजनिक भएको छ। 

लामो समयदेखि प्रतिक्षामा रहेको यो फिल्मको तयारी अहिलेका लागि रोकिएको छ। बजेटका विषयमा अभिनेता ऋतिक रोशन र निर्माता आदित्य चोपडाबिच कुरा नमिल्दा फिल्मको काममा ‘ब्रेक’ लागेको हो।

बलिउड हंगामाको रिपोर्ट अनुसार ऋतिक रोशन ‘कृष ४’ लाई करिब ५०० करोडको विशाल बजेटमा निर्माण गर्न चाहन्थे। तर, आदित्य चोपडा र उनको टोली भने ३५० करोडभन्दा बढी लगानी गर्न तयार भएनन्। 

दुवै पक्षबिच बजेटका विषयमा लामो छलफल भए पनि कुनै ठोस सहमति निस्कन सकेन। यही विवादका कारण फिल्मलाई अहिलेका लागि ‘होल्ड’ मा राखिएको छ।

‘कृष ४’ मा ऋतिक रोशन आफैँले निर्देशन गर्ने चर्चा समेत चलेको थियो। अघिल्ला दुई भागले बक्स अफिसमा तहल्का मच्चाएका कारण फ्यानहरू यसको चौथो भागको व्यग्र प्रतिक्षामा छन्। 

आदित्य चोपडासँगको सहकार्य तत्कालका लागि नहुने देखिएपछि ऋतिकले अब अन्य स्टुडियोहरूसँग कुराकानी सुरु गरेका छन्। उनले स्क्रिप्टमा केही परिवर्तन गरेर आफ्नै योजना अनुसार फिल्म अगाडि बढाउने तयारी गरिरहेका छन्।

बजेटको मुद्दा सुल्झिएपछि मात्र फिल्मको छायांकन र रिलिज मितिबारे नयाँ घोषणा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप