इजरायलमा वेस्ट बैंकमाथिको नियन्त्रण कडा बनाउने नियम पारित
तेल अभिभ । इजरायलको सुरक्षा क्याबिनेटले वेस्ट बैंकमा नियन्त्रण थप बलियो बनाउने नयाँ नियमहरू अनुमोदन गरेको छ। यस कदमको प्यालेस्टिनी नेतृत्व र क्षेत्रका अन्य देशहरूले व्यापक आलोचना गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार नयाँ नियमले इजरायली बसोबासकर्तालाई वेस्ट बैंकमा निजी रूपमा जग्गा खरिद गर्न सजिलो बनाउनेछ र त्यहाँका प्यालेस्टिनीहरूमाथि इजरायली अधिकारीहरूको कानुनी अधिकार अझ विस्तार गर्नेछ।
प्यालेस्टिनी राष्ट्रपति कार्यालयले निर्णयलाई “खतरनाक” भन्दै अवैध बसोबास विस्तार र जमिन कब्जालाई वैधानिकता दिने प्रयास भएको जनाएको छ। राष्ट्रपति महमुद अब्बासको कार्यालयले अमेरिका र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई तत्काल हस्तक्षेप गर्न आह्वान गरेको छ।
जोर्डनको विदेश मन्त्रालयले पनि यस कदमको आलोचना गर्दै अवैध रूपमा इजरायली सार्वभौमसत्ता लाद्ने उद्देश्य रहेको आरोप लगाएको छ। हमासले वेस्ट बैंकमा बस्ने प्यालेस्टिनीहरूलाई कब्जा र बसोबासकर्ताविरुद्ध संघर्ष तीव्र बनाउन आह्वान गरेको छ।
खबरहरूका अनुसार नयाँ नियमले केही धार्मिक स्थलहरूको व्यवस्थापन इजरायली अधिकारीहरूलाई दिनेछ र प्यालेस्टिनी प्राधिकरण (पीए) अन्तर्गतका क्षेत्रमा इजरायली निगरानी बढाउनेछ। इजरायलका वित्तमन्त्री बेजालेल स्मोट्रिचले प्यालेस्टिनी राज्यको अवधारणा सदाका लागि अन्त्य गर्ने बताएका छन्। प्यालेस्टिनी उपराष्ट्रपति हुसेन अल–शेखले यसलाई अन्तर्राष्ट्रिय कानुन र हस्ताक्षरित सम्झौताहरूको गम्भीर उल्लङ्घन भएको टिप्पणी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण