कारागार भवन निर्माणमा भ्रष्टाचारः प्रमुख श्रेष्ठसँग ५० हजार धरौटी माग
काठमाडौँ । पर्वतस्थित कारागार कार्यालयको भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेकी शिला श्रेष्ठलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले पर्वत कारागार प्रमुख श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रतिवादी श्रेष्ठले अदालतमा बयान दिने क्रममा आफूमाथि लागेको आरोप इन्कार गरेकी थिइन् । उनले ठेक्का प्रक्रियामा प्राविधिक कारणले न्यून दररेट हाल्ने कम्पनीको प्रस्ताव चित्तबुझ्दो नभएकाले अर्को कम्पनी छनोट गरिएको तर्क गरेकी थिइन्, तर अदालतले तत्काल प्राप्त प्रमाण र कागजातका आधारमा उनी दोषी देखिन सक्ने विद्यमानता रहेको ठहर गर्दै मुद्दाको किनारा नलागेसम्म ५० हजार रुपैयाँ नगद वा सो बराबरको बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कारागार कार्यालय पर्वतको भवन निर्माणका लागि निकालिएको ठेक्कामा बोलपत्र मूल्याङ्कन समितिको सदस्यका रूपमा रहँदा श्रेष्ठले बदनियतपूर्वक काम गरेको आरोप छ । उनले न्यून दररेट प्रस्ताव गर्ने 'सौर्य किरण कन्स्ट्रक्सन' लाई विभिन्न बहानामा अयोग्य ठहर गरी 'मोदीकाली कन्स्ट्रक्सन' लाई ठेक्का सुम्पिने निर्णयमा भूमिका खेलेको दाबी अभियोग पत्रमा गरिएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माण प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि ६३ लाख ७२ हजार ३ सय ९४ रुपैयाँ लागत लाग्ने अनुमान गरी ठेक्का आह्वान गरिएकोमा सौर्य किरण कन्स्ट्रक्सनले ४२ लाख १६ हजार ६ सय ५८ रुपियाँमा काम गर्नेगरी बोलपत्र पेस गरेको थियो । तर उनीहरूको मिलेमतोमा सौर्यसहित अन्य कम्पनीलाई पन्छाई सबैभन्दा बढी अर्थात् ६२ लाख ७१ हजार १ सय ६१ रुपैयाँ कबोल गर्ने मोदीकाली कन्स्ट्रक्सनलाई ठेक्का दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ ।
यस प्रक्रियाबाट सरकारलाई २ करोड १२ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको नोक्सानी पुऱ्याएको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १७ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानका पीडा बुझिदिने कसले ?
-
पूर्व बालसेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न सर्वोच्चको परमादेश
-
ललितपुर महानगरलाई स्थानीयको सुझाव : चक्रपथबाहिर विकास, सम्पदा संरक्षण र सेवामा जोड
-
अखिल (क्रान्तिकारी) को पाँचौँ पदाधिकारी बैठक सुरु
-
बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ
-
देउवाको क्रियाशील सदस्यता अध्यावधिक गरेको कार्ड भाइरल, सचिवालय भन्छ– ‘भ्रामक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण