पार्श्व गायन त्यागेको घोषणापछि पहिलोपटक मञ्चमा झुल्किए अरिजीत
सारांश
- प्रसिद्ध गायक अरिजीत सिंहले पार्श्व गायनबाट संन्यास लिएपछि पहिलो सांगीतिक प्रस्तुति दिए।
- उनले कोलकातामा अनुष्का शंकर र बिक्रम घोषसँगको सहकार्यमा क्लासिक गीत प्रस्तुत गरे।
- अरिजीतले सामाजिक सञ्जालमार्फत प्लेब्याक गायन बन्द गर्ने घोषणा गरेका थिए।
कोलकाता । भारतीय सांगीतिक क्षेत्रका सुप्रसिद्ध गायक अरिजीत सिंहले पार्श्व गायनबाट संन्यास लिने घोषणा गरेपछि पहिलोपटक सार्वजनिक रूपमा सांगीतिक प्रस्तुति दिएका छन्। केही दिनअघि मात्रै चलचित्रका लागि गीत नगाउने निर्णय गरेर फ्यानहरूलाई स्तब्ध बनाएका उनले आइतबार कोलकाताको नेताजी इन्डोर स्टेडियममा सितार वादक अनुष्का शंकरसँगै मञ्च साझा गरेका हुन्।
अनुष्का शंकर र प्रसिद्ध तबला वादक बिक्रम घोषसँगको यो सहकार्यलाई अरिजीतको सांगीतिक जीवनको नयाँ मोडका रूपमा हेरिएको छ। कन्सर्टका क्रममा अरिजीत केही भावुक समेत देखिएका थिए।
अनुष्काले मञ्चमा स्वागत गर्दा आफू निकै त्रसित र नर्भस भएको उनले बताएका थिए। सो अवसरमा उनले पण्डित रवि शंकरद्वारा संगीतबद्ध र लक्ष्मी शंकरले गाएको क्लासिक बंगाली गीत ‘माया भोरा राती’ प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।
त्यसैगरी, अरिजीत र अनुष्काले ‘ट्रेसेस अफ यू’ नामक चर्चित गीतमा युगल प्रस्तुति समेत दिएका थिए। गत जनवरी २७ सामाजिक सञ्जालमार्फत उनले अबदेखि कुनै पनि नयाँ प्लेब्याक गायनको काम नलिने घोषणा गरेका थिए।
उनले आफ्नो इन्स्टाग्राममा वर्षौंदेखिको मायाका लागि श्रोतालाई धन्यवाद दिँदै यो सुखद यात्रालाई यहीँ पूर्णविराम लगाउन चाहेको उल्लेख गरेका थिए। यद्यपि, उनको पछिल्लो लाइभ प्रस्तुतिले उनी संगीतको अन्य विधा र प्रत्यक्ष कन्सर्टमा भने सक्रिय रहने संकेत गरेको छ।
पश्चिम बंगालको जियागञ्जमा जन्मिएका ३८ वर्षीय अरिजीत सिंहको सांगीतिक यात्रा सन् २००५ को रियालिटी शो ‘फेम गुरुकुल’ बाट सुरु भएको थियो। यद्यपि उक्त शो नजिते पनि उनको गायकीले सञ्जय लीला भन्साली जस्ता दिग्गज निर्देशकको ध्यान खिचेको थियो।
सन् २०११ मा फिल्म ‘मर्डर २’ को 'फिर मोहब्बत' गीतबाट बलिउडमा डेब्यु गरेका उनले 'आशिकी २' को 'तुम ही हो' बाट रातारात स्टारडम प्राप्त गरेका थिए।
आफ्नो करियरमा हिन्दी, बंगाली र तेलुगुसहित विभिन्न भाषामा ७०० भन्दा बढी गीत गाएका अरिजीतले २ वटा राष्ट्रिय अवार्ड र ८ वटा फिल्मफेयर सहित १२२ भन्दा बढी सम्मान प्राप्त गरिसकेका छन्। सन् २०१५ मा उनलाई भारत सरकारले प्रतिष्ठित ‘पद्मश्री’ बाट समेत सम्मानित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण