मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ । तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेस स्थापना गरिएको हो । उनले भने, “निर्वाचनको समयमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै बेस स्थापना गरिएको हो ।” सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । क्षेत्र नं १ को खैरहनीमा, क्षेत्र नं २ को भरतपुर–१० मा र क्षेत्र नं ३ को रामपुरमा बेस स्थापना गरिएको उनले जानकारी दिए।
निर्वाचनको प्रयोजन सकिएसँगै बेसहरू हट्ने छन् । यससँगै जिल्लाको दुई स्थानमा नेपाली सेनाले सुरक्षा दिन थालनी गरेको छ । भरतपुर विमानस्थल र कारागार कार्यालयमा सेनाले सुरक्षा दिन थालेको उनले बताए । जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त गस्तीसमेत सुरु गरिएको उनको भनाइ छ । उनले भने, “अहिले हामीले मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो वनाउँदै लगेका छाैँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण