दर्शक प्रतिक्रिया बुझ्न हल धाउँदै अभिषेक र आकृति
काठमाडौँ । अभिनेता अभिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारी अचेल उपत्यकाको हल हलमा भेटिन्छन् । उनीहरू त्यसरी भेटिनुको कारण हो शुक्रबारबाट प्रदर्शित फिल्म ‘कुमारी’ । यही फिल्मको दर्शक प्रतिक्रिया बुझ्न उनीहरू उपत्यकाको सबै हलमा पुगिरहेका हुन् ।
उनीहरू सोमबार लोच्छे महलको आइएमआइ सिनेमा, गंगबुको सिटीस्क्वार सिनेमा, एफक्युज र कलामाटीको वान सिनेमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए ।
दर्शकले आफ्नो अभिनय र फिल्मको बारेमा दिने प्रतिक्रिया बुझ्न हल हलमा पुगिरहेको अभिनेता खड्काले बताए । ‘दर्शकले फिल्म र मेरो अभिनयको राम्रो प्रतिक्रिया दिइरहनु भएको छ’, खड्काले भने ‘दर्शकको प्रतिक्रियाले उत्साहित छु ।’ आज भक्तपुरको क्युएफएक्स र कीर्तिपुरको सिनेप्लेक्स पुग्ने कार्यक्रम रहेको उनले सुनाए ।
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया समेत प्राप्त गर्न सफल भएको छ । समीक्षकले फिल्मको कथावस्तु, त्यसको चित्रण र सांस्कृतिक पक्षको मनपराउदा दर्शकले प्रेमकथा र महिला संवेदनालाई रुचाएका छन् ।फिल्म दिनेश राउतले निर्देशक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
-
पसिना आउनु बोसो पग्लिएको संकेत हो ?
-
सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
-
भिरमा अल्झिएको भेडागोठालाको जीवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण