महाशिवरात्रिलाई लक्षित गर्दै चिरञ्जीवीले ल्याए ‘शिव ताण्डव’ गीत
काठमाडौँ । महाशिवरात्रिलाई लक्षित गर्दै गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारीले नयाँ साङ्गीतिक प्रस्तुति ‘शिव ताण्डव’ सार्वजनिक गरेका छन् । भगवान् शिवको महिमा गाइएको स्तोत्र गीत भण्डारीले नयाँ शैलीमा छन् ।
परम्परागत ‘शिव ताण्डव’मा आधारित यस गीतमा शब्दहरू शङ्कर देव कँडेलले रचना गरेका छन् । गीतमा चिरञ्जीवी भण्डारीकै स्वर र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन सुरेश सेन्चुरीको छ ।
गीतको भिडियोमा पनि चिरञ्जीवी नै देखिएका छन् । केशव विश्वकर्माको छायाङ्कन र कल्पेश विश्वकर्माको सम्पादन रहेको यस भिडियोको पोष्ट प्रोडक्सन दर्शित म्यूजिक एण्ड मिडियाले गरेको हो ।
भण्डारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भजनले शिव भक्तहरूका साथै सङ्गीत प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गायक भण्डारी पछिल्लो समय मौलिक र भक्तिप्रधान गीतहरूका कारण चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण