आहा रारा गोल्डकपमा आयोजकको विजयी सुरुवात
मङ्गलबार, २७ माघ २०८२, १९ : ४७
पोखरा । पोखरामा सुरु भएको आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । खेलको इन्जुरी समयमा प्रसन्न श्रेष्ठले गोल गर्दै सहारालाई जित दिलाएका हुन् ।
मंगलबार उद्घाटन खेलमा गोर्खा इन्टरनेसनल एफसीसँग प्रतिश्पर्धा गरेको सहाराले निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको ४ मिनेटको अन्तिम समयमा डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको हो ।
क्लबले रजत जयन्ती सेलिब्रेसन गर्दै पहिलो पटक फ्लड लाइट राखेर रातमा खेल खेलाएको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण