फरहानको सानदार ब्याटिङ, पाकिस्तानद्वारा १ सय ९१ रनको लक्ष्य प्रस्तुत
काठमाडाैँ । टी–२० विश्वकप अन्तर्गत समूह ए को खेलमा पाकिस्तानले अमेरिकासामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको हो ।
टोलीका लागि ओपनर शाहिबजादा फरहानले अर्धशतकीय पारी खेले । उनले मात्र ४१ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७३ रन जोडे ।
उनले बाबर आजमसँग मिलेर तेस्रो विकेटका लागि ५३ बलमा ८१ रन जोडे । बाबरले ३२ बलमा ४ चौका र १ छक्काको मद्दतले ४६ रन जोडे ।
शहदाब खानले १२ बलमा ३० रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । साइम अयुबले १७ बलमा १९ रनको योगदान दिए ।
पाकिस्तानलाई रोक्न साड्ले भान साल्कविकले शानदार बलिङ गरे । उनले ४ ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए ।
मोहमद मोहसिन, हरमित सिंह र सौरभ नेत्रभाल्करले १–१ विकेट हात पारे ।दुवै टोलीको समूहमा दोस्रो खेल हो । पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
अमेरिका भने आयोजक भारतसँग पराजित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण