सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

युक्रेनमा चिसोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै

बुधबार, २८ माघ २०८२, ०८ : ५०
बुधबार, २८ माघ २०८२

सारांश

  • रुसले युक्रेनको ऊर्जा संरचनामा आक्रमण गरेपछि हाइपोथर्मियाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ।
  • जनवरी ९ मा रुसले २४२ ड्रोन र ३६ मिसाइल प्रहार गर्‍यो, जसमा चार जनाको मृत्यु भयो र ऊर्जा पूर्वाधारमा क्षति पुग्यो।
  • लगातारको आक्रमणले लाखौं मानिस बिजुली, तातोपानी र हीटिङ प्रणालीबाट वञ्चित भएका छन्, जसले मानवीय संकट निम्त्याएको छ।

किभ । रुसले युक्रेनको ऊर्जा संरचनामा तीव्र आक्रमण बढाएपछि कठोर जाडोका बिच हाइपोथर्मिया (अत्यधिक चिसो)का कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । लगातारको ड्रोन र मिसाइल आक्रमणले लाखौँ जनता बिजुली, तातोपानी र केन्द्रीय हीटिङ  प्रणालीबाट वञ्चित भएका छन् ।

जनवरी ९ को राति रात रुसले २४२ ड्रोन र ३६ मिसाइल प्रहार हानेको  थियो । यसमा पुटिनले उल्काजस्तै भनेको ओरेशनिक ब्यालिस्टिक मिसाइल पनि समावेश थियो । यसलाई पश्चिमी वायु–प्रतिरक्षा प्रणालीले रोक्न नसक्ने दाबी गरिएको छ । आक्रमणमा चार जनाको ज्यान गयो भने दर्जनौँ घाइते भए । ठुलो मात्रामा ऊर्जा पूर्वाधार ध्वस्त भयो ।

सन् २०२२ यता यस्ता दर्जनौँ आक्रमणले देशभर बिजुली र ताप आपूर्ति अवरुद्ध गरिरहेको छ । तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेपछि सडक र निप्रो नदीमा बाक्लो हिउँले जमेको छ ।

मानवीय संस्थाहरूले ऊर्जा पुनर्स्थापनालाई युद्धजस्तै आपत्कालीन प्राथमिकता दिन आग्रह गरेका छन् । अन्यथा जाडोका कारण मृत्यु अझै बढ्ने चेतावनी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप