राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो ।
२०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी सङ्घीय संरचना र नयाँ प्रविधि अनुरूप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।
त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण