विश्वप्रकाश शर्माको प्रश्न : ०६४ को जसरी गल्ती गर्ने कि ०७० मा जसरी विवेक पुर्याउने ?
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशलाई निकास दिने सामर्थ्य प्रस्तुत गरेको बताए।
- शर्माले भिन्न पुस्तासँग समन्वय गरेर देशलाई नयाँ विश्वासको चरणमा पुर्याउने क्षमता कांग्रेसले राख्ने बताए।
- उनले नेपाली मतदातालाई गम्भीर भएर निर्णय लिन र विगतको गल्ती नदोहोर्याउन आग्रह गरे।
दाङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इतिहासको हरेक मोडमा कांग्रेसले देशलाई निकास दिने सामर्थ्य प्रस्तुत गरेको गरेको बताएका छन् । उपसभापति शर्माले अब भिन्न पुस्तासँग पनि समन्वय गरेर देशलाई आजको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्याउने क्षमता कांग्रेसले राख्ने बताए ।
बुधवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले अहिलेको अवस्थामा नेपाली मतदाताले गम्भीर भएर लिनुपर्ने समेत बताए ।
उनले भने, ‘संविधानसभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो । आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुपर्छ । ०६४ मा झैँ गल्ती गर्ने कि ०७०मा झैँ विवेक पुर्याउने ? किनकि मुल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने हो ।’
उनले यसलाई ऐतिहासिक तथ्यका आधारमा केलाउन र बुझ्न जरुरी रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँ गर्दै ‘हली’ युनिटले मनायो धान दिवस
-
चेतना पौडेल पक्राउ प्रकरण : विवादको कडी के हो ?
-
इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण