मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

१० वर्ष कैद तोकिएका फरार प्रतिवादी गोकर्णेश्वरबाट पक्राउ

बुधबार, २८ माघ २०८२, १७ : ४८
बुधबार, २८ माघ २०८२

सारांश

  • प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा दोलखाका धावा छिरिङ लामा रहेका छन्, उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको हो।
  • जिल्ला अदालत दोलखाले उनलाई २०७४ मा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेको थियो।

काठमाडौँ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखाको शैलुङ गाउँपालिका– ४ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने धावा छिरिङ लामालाई पक्राउ गरेको हो ।

छिरिङमाथि जिल्ला अदालत दोलखाले २०७४ पुस ४ गते डाँका र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई अदालतले जनही १० वर्ष कैद र १ लाख १ सय उनानब्बे रुपैयाँ जरिवाना भराउने ठहर गरेको थियो । अदालतको सो फैसला लगत्तै फरार घिसिङलाई मंगलबार प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । 

राकेश उपनाम भएका छिरिङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप