अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिने पाठकविरुद्ध ६ वटा मुद्दामा अनुसन्धान सुरु
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठक पक्राउ परेका छन्। काभ्रेको तेमाल गाउँपालिका–१ घर भई फिलिपिन्स बस्दै आएका ३४ वर्षीय पाठकलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो।
प्रहरीले पाठकमाथि मुख्यगरी चार प्रकारका गम्भीर कसुरमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको छ। जसमा आपराधिक षडयन्त्र गर्न नहुने, आपराधिक लाभ (एक्सटर्सन), सङ्गठित अपराध निवारण ऐन र ज्यान मार्ने धम्की सम्बन्धी कसुरहरू समावेश छन्।
यी मुख्य अभियोगका अतिरिक्त पाठक विरुद्ध विगतमा पनि विभिन्न ६ वटा मुद्दा दर्ता भएको खुलेको छ। उनीमाथि केही सार्वजनिक अपराध, ठगी, आपराधिक लाभ र आपराधिक षडयन्त्रका छुट्टाछुट्टै मुद्दाहरू यसअघि नै विभिन्न मितिमा दर्ता भइसकेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पाठकले आफूलाई ’एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईजीएन) को अध्यक्ष बताउँदै सन् २०२५ अक्टोबर २२ मा इमेलमार्फत अख्तियार प्रमुख लगायतलाई ज्यान मार्ने धम्की दिएका थिए। उनले धम्कीमार्फत आपराधिक लाभ (एक्सटर्सन) लिने प्रयास गरेको र सङ्गठित अपराध समेत गरेको प्रहरीको दाबी छ।
फिलिपिन्सबाट पक्राउ गरी ल्याइएकै दिन काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण