बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

हाई प्रोफाइललाई धम्क्याउने पाठकलाई फिलिपिन्सबाट ल्याइयो नेपाल

बुधबार, २८ माघ २०८२, १२ : ३४
बुधबार, २८ माघ २०८२

सारांश

  • अख्तियार प्रमुख लगायतलाई धम्की दिने प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो।
  • पाठकले फेसबुकमा भिडियो पोस्ट गर्दै लोकमानसिंह कार्की लगायतलाई ज्यान मार्ने धम्की दिएका थिए।
  • पाठक फिलिपिन्समा फेला परेका थिए, र उनलाई लिन प्रहरीको टोली त्यहाँ गएको थियो।

काठमाडौँ । अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलबाट  डिफ्युजन नोटिस जारी गरिएको थियो ।

नोटिस जारी भएपछि उनी  फिलिपिन्समा लोकेट भएका थिए । पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई सहित १० जना हाई प्रोफाइललाई धम्की दिएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  

प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजङ्ग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप