बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना बेरोजगार युवायुवतीबाट ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा महोत्तरीका ४१ वर्षीय जटाधर राउत पक्राउ परेका हुन्।
महोत्तरी जिल्ला सम्सी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्दै आएका राउतले पीडितहरूलाई लामो समयसम्म विदेश पठाउने भन्दै झुक्यानमा राखेका थिए। रकम असुल गरेपछि उनी पीडितहरूको सम्पर्कबाट टाढा रहेका थिए।
आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई सूर्यविनायक–२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण