मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

बिहीबार, २९ माघ २०८२, ०४ : ०७
बिहीबार, २९ माघ २०८२

सारांश

  • प्रदेश आयुर्वेद चिकित्सालयबाट ६ महिनामा १६ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिए ।
  • उपचार सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ, जसमा बहिरङ्ग सेवा अग्रस्थानमा छ ।
  • ग्यास्ट्रिक, बाथ, नसा र छाला रोगका बिरामी उपचारका लागि आउने गरेका छन् ।

तनहुँ ।  प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् ।

कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिरामीले उपचार सेवा लिएका छन् । यसैगरी कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुस महिनामा चार हजार ६३७ जना रहेका छन् ।

पछिल्लो समय प्रदेश आयुर्वेद चिकित्सालयमा उपचार गर्न आउने बिरामीको आकर्षण बढ्दै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले जानकारी दिए । उनले भने, “आयुर्वेदिक उपचार विधिलाई प्रभावकारी बनाइएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।”

चिकित्सालयमा तनहुँसहित जिल्लाको सिमानामा पर्ने गोरखा, लमजुङ, स्याङ्जा, कास्कीलगायत स्थानबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । कार्यालयले सञ्चालनमा ल्याएको बहिरङ्ग सेवाबाट सबैभन्दा धेरै छ हजार १६३ जनाले सेवा लिएका छन् ।

यसैगरी, पञ्चकर्मबाट पाँच हजार ९०६, योग सेवाबाट तीन हजार १०७, फिजियोथेरापीबाट एक हजार ८६, प्रयोगशालाबाट १५९, स्तनपायी आमा तथा शिशु सेवाबाट ७६, शिरोधाराबाट २९ र क्षारसूत्रमा एक जना लाभान्वित भएका छन् । विशेषगरी ग्याष्ट्रिक, बाथरोग, नसारोग, छालाजन्यका बिरामी उपचारका लागि बढी आउने गरेको कार्यालय प्रमुख एवं आयुर्वेद डा नारायण श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप