इङ्ल्यान्ड विरुद्धको खेलपछि आत्मविश्वास बढेको छ : लोकेश बम
बिहीबार, २९ माघ २०८२, १४ : ०८
सारांश
- नेपाली क्रिकेट टोलीका खेलाडी लोकेश बम र शेर मल्लले इङ्ल्यान्डविरुद्धको खेलपछि आत्मविश्वास बढेको बताए ।
- नेपालले इङ्ल्यान्डसँगको खेलमा हार बेहोरे तापनि खेलाडीहरूले दोस्रो खेलमा राम्रो गर्ने बताएका छन् ।
- आज दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ, जसमा खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन्।
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू लोकेश बम र शेर मल्लले इङ्ल्यान्ड विरुद्धको खेलपछि आत्मविश्वास बढेको बताएका छन् । आइसीसी टिट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली इङ्गल्यान्डसँग चार रनले पराजित भएको थियो ।
पहिलो खेलमा इङ्गल्यान्डसँग पराजित भएको नेपाली टोली आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेलअघि नेपाली राष्ट्रिय टोलीका खेलाडी लोकेश बम र शेर मल्लले इङ्गल्यान्डसँग खेलपछि आफ्नो आत्मबल धेरै बढेको बताएका छन् ।
लोकेशले पहिलो खेलमा नतिजा नआए पनि आजको खेलमा जसरी भएनि नेपाली टोलीको पक्षमा नतिजा आउने बताएका छन् । त्यस्तै, नेपाली टोलीमा डेब्यु ड्रिम गरेका शेर मल्लले आफ्नो अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
-
दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण