श्रीलंकाले सजिलै हरायो ओमानलाई, लगातार दोस्रो जित
सारांश
- टी-२० विश्वकपमा श्रीलंकाले ओमानलाई १०५ रनले पराजित गरेको छ, यो श्रीलंकाको लगातार दोस्रो जित हो।
- ओमानले विशाल लक्ष्य पछ्याउँदै ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो, जसमा मोहम्मद नदिमले सर्वाधिक ५३ रन बनाए।
- श्रीलंकाका कुशल मेन्डिस र पवन रथनायकेले महत्वपूर्ण साझेदारी गरे, भने दासुन शनाकाले विस्फोटक ब्याटिङ गरे।
क्यान्डी । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा बिहीबार आयोजक श्रीलंकाले ओमानलाई १०५ रनको विशाल अन्तरले हराएको छ । प्रतियोगितामा श्रीलंकाको लगातार दोस्रो जित हो । टोलीले यसअघि, आयरल्याण्डलाई २० रनले हराएको थियो ।
यता, ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ । टोली पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले स्तब्ध बनेको थियो । पालेकेले रंगशालामा २ सय २६ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।
टोलीका लागि मोहम्मद नदिमले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३ चौका र १ छक्का हिर्काए र वसिम अलिले २० बलमा २७ रन बनाए । उनले ३ छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ओमानलाई सस्तोमा समेट्न महिस थिकशानाले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । दुस्मन्था चमिराले पनि २ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दुनिथ वेलालागे, दुसान हेमन्त र कमान्डिु मेन्डिसको नाममा १–१ विकेट रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । टोलीको सुरुवात भने राम्रो हुन सकेन । ओपनरद्वय पाथुम निशंका र कामिल मिसारा क्रमशः १३ र ८ रन बनाउँदै पभेलियन फर्किएका थिए ।
त्यसपछि कुशल मेन्डिस र पवन रथनायकेले ५२ बलमा ९४ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ्स उकासेका थिए । रथनायकेले तीव्र गतिमा रन बनाउँदै मात्र २८ बलमा ६० रन बनाए । उनले ८ चौका र १ छकका प्रहार गरे ।
मेन्डिसले ४५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका हिर्काए । त्यसैगरी, कप्तान दासुन शनाकाले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा अर्धशतक बनाएर आउट भए । उनले २ चौका र ५ छक्का हिर्काए ।
खेलको अन्त्यतिर कामिन्डु मेन्डिसले पनि मात्र ७ बलमा १९ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे ।
ओमानका लागि जितेन रामानदारनीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, जय ओडेड्रा र सुफयान महमुदले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण