शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पोखरामा जथाभावी फोहोर फाले १ लाख जरिवाना, पत्रिकामा नाम सार्वजनिक गरिने

बिहीबार, २९ माघ २०८२, १९ : ३७
बिहीबार, २९ माघ २०८२

पोखरा । पोखरा महानगरपालिकाले केही समयदेखि सडकमा थुप्रिएको फोहोर उठाउन थालेको छ । सूचना जारी गरी बिहीबार साँझदेखि फोहोर उठाउन थालिएको मेयर धनराज आचार्यले जानकारी दिए । 

उनका अनुसार, बिहीबार देखि नै फोहोर उठाउने गाडी तालिका बनाएर टोलमा पठाउन थालिएको छ । केही दिनभित्रै सबै फोहोर व्यवस्थापन भइसक्ने भन्दै उनले घरबाहिर फोहोर नफाल्न आग्रह गरेका छन् । 

‘महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनामा काम गरिरहेका छौँ,’ उनले भने, ‘धेरै दिनदेखि फोहर जम्मा भएकाले सुरुका १–२ दिन केही चाप पर्न सक्छ ।’

शनिबारसम्म सबै फोहोर उठाइसक्ने उनले जानकारी दिए । महानगरपालिकाले फोहर व्यवस्थापनमा कडाइ गर्दै आइतबारदेखि विशेष निगरानी गर्ने भएको छ ।

‘सिसी क्यामेरा फुटेजको आधारमा फोहोर फालेको पहिचान भएमा न्यूनतम ५ हजारदेखि १ लाखसम्म जरिवाना हुनेछ,’ सूचनामा उल्लेख छ । 

जरिवाना तिर्ने व्यक्ति वा संस्थाको नाम राष्ट्रिय दैनिक पत्रिका, महानगरको आधिकारिक फेसबुक पेज र वेबसाइटमा समेत सार्वजनिक गरिने उनले चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप