पूर्वराजाको स्वागत गर्ने हाम्रो नैसर्गिक अधिकार हो : मिश्र
शुक्रबार, ०१ फागुन २०८२, ०७ : ५९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न पाउनु आफूहरूको नैसर्गिक अधिकार भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'विमानस्थलजस्तो संवेदनशील क्षेत्र सुरक्षित रहोस् तर त्यसबाहिर राजाको शान्तिपूर्ण स्वागत गर्ने हाम्रो नैसर्गिक अधिकार हो। अरूहरूको स्वागत हुँदा केही नहुने, राजको स्वागतमा निषेधाज्ञा जारी गर्नुपर्ने ? कृपया, निषेधको राजनीति अब त बन्द गरौँ।'
हाल झापामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किने तय भएसँगै राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण