पूर्वराजा शाह झापाबाट काठमाडौँ आइपुगे
शुक्रबार, ०१ फागुन २०८२, १३ : ०९
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आइपुगेका छन्।
- विमानस्थलमा राजावादीहरूले उनको स्वागतका लागि मानिसहरू जम्मा गरेका थिए।
- मौसमको कारण जहाज डिले भएपछि उनले हेलिकप्टर प्रयोग गर्ने निर्णय गरे।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी उनको स्वागतमा मानिस भेला गरेका छन् ।
यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
विमानस्थल बाहिर पूर्वराजाका समर्थकहरूले स्वागतको तयारी गरेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण