नागढुङ्गामा कार खानतलासी गर्दा ‘मेड इन युएसए’ पेस्तोल र गोली बरामद
शुक्रबार, ०१ फागुन २०८२, १३ : ३८
सारांश
- नागढुङ्गाबाट प्रहरीले एक थान पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
- प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको कार जाँच गर्दा हतियार फेला पारेको हो।
- प्रहरीले हतियारसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
काठमाडौँ । काठमाडौँको मुख्य प्रवेशद्वार नागढुङ्गाबाट प्रहरीले एक थान अत्याधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोष्टमा खटिएको प्रहरी प्रभागको टोलीले शुक्रबार बिहान गरिएको नियमित जाँचका क्रममा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरेको हो।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कारलाई शङ्का लागेर खानतलासी गर्दा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पेस्तोल र गोलीसहित कारमा सवार पुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण