देशलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने शक्ति राजसंस्था मात्रै हो : खुश्बु ओली
सारांश
- राप्रपा नेतृ खुश्बु ओलीले राजसंस्थालाई देशलाई एकताबद्ध गर्ने शक्ति भएको बताइन्।
- पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएपछि राजावादीहरूले स्वागत र राजसंस्था पुनर्स्थापनाको माग गरे।
- विमानस्थलदेखि निर्मल निवाससम्मको यात्रामा समर्थकहरूको प्रदर्शनले ट्राफिक व्यवस्थापन प्रभावित भयो।
काठमाडौँ । राप्रपा नेतृ खुश्बु ओलीले जात, वर्ग, क्षेत्र र विचारका आधारमा नेपाली समाज विभाजित भए पनि देशलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने शक्ति राजसंस्था भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।
ओलीले राष्ट्रिय एकता कायम राख्न ऐतिहासिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै वर्तमान परिस्थितिमा राजसंस्थाबारे पुनः बहस आवश्यक भएको बताएकी छन् । केही महिना झापा बसाइपछि शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लाग्ने क्रममा हजारौँ राजावादीले स्वागत गरेका थिए ।
उनका समर्थकहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए । शाह आउने खबरपछि समर्थकहरू शुक्रबार बिहानैदेखि विमानस्थलबाहिर जम्मा भएका थिए।
शाह झापाबाट कैलाश हेलिकोप्टर सर्भिसेसको हेलिकोप्टरमार्फत काठमाडौँ आएका हुन् । शाहको समर्थनमा निकालिएको प्रदर्शन र र्यालीका कारण विमानस्थलदेखि गौशाला, चाबहिल र महाराजगन्ज क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण