बङ्गलादेशमा बीएनपीको स्पष्ट अग्रता, दुई तिहाइ बहुमत नजिक
काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले स्पष्ट अग्रता बनाउँदै सत्ता फर्किने सङ्केत देखाएको छ । निर्वाचन आयोग र पार्टीको विवरणअनुसार हालसम्म घोषणा भएका २९६ निर्वाचन क्षेत्रमध्ये बीएनपी र उसका गठबन्धन दलहरूले २१३ क्षेत्रमा जीत हात पारेका छन् ।
यसले बीएनपीलाई दुई तिहाइ बहुमत नजिक पुर्याएको छ । यो सँगै करिब दुई दशकपछि बीएनपी पुनः सत्तामा फर्किने सम्भावना देखिएको छ । पार्टीले यस परिणामलाई जनताको बलियो जनादेश भनेको छ । पार्टीका चुनाव समन्वय समितिका प्रवक्ता महदी अमिनले प्राप्त मतगणना र सिटगत विवरणका आधारमा विजय सुनिश्चितजस्तै भएको बताए ।
बीएनपीका अध्यक्ष तारिक रहमान ढाका–१७ र बोगुरा–६ बाट अनौपचारिक रूपमा विजयी घोषित भएका छन् । लामो समय बेलायत निर्वासनपछि फर्किएका उनले ढाका–१७ मा उल्लेखनीय मत अन्तरले जीत हात पारेका छन्।
पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिर ठाकुरगाउँ–१ बाट विजयी भएका छन् । यसैबिच जमात–ए–इस्लामीले पनि ७६ सिटमा जीत हात पारको छ ।
इस्लामी आन्दोलन बङ्गलादेशले भने एक सिट मात्रै जितेको छ । यो समाचार तयार पार्दासम्म तीन सिटको नतिजा आउन बाँकी छ । यस निर्वाचनमा पहिलो पटक संसदीय चुनावसँगै संवैधानिक सुधारसम्बन्धी जनमत सङ्ग्रह पनि एकै पटक सम्पन्न गरिएको छ । यसलाई बङ्गलादेशको लोकतान्त्रिक सङ्क्रमणका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण