लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु : पृथ्वीसुब्बा गुरुङ
लमजुङ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएका छन् ।
लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका गुरुङले आफू विजयी भएमा जिल्लालाई सूचना प्रविधिको हब बनाउने गरी काम गर्ने बताए । उनले सूचना प्रविधिको विकास गरेर पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारीको व्यवस्था गर्ने बताए ।
यसैगरी जिल्लाका सबै विद्यालयमा आइसिटी ल्याब स्थापना गरेर सूचना प्रविधिको कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए । जिल्लामा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको विकास गर्दै चौविसै घण्टा इन्टरनेटको व्यवस्था गर्ने उनले बताए ।
यसैगरी सबै सरकारी कार्यालय र वडाहरूमा सूचना प्रविधिको विकास गरी सेवा दिने व्यवस्था मिलाउने योजना आफूसँग रहेको उनले बताए।
कृषिमा एआई प्रविधि भित्र्याएर आधुनिक कृषि खेतीमा जोड दिने उनले बताए । जिल्लामा रहेका होमस्टे गाउँहरूलाई सूचना प्रविधिमा जोडेर पर्यटन क्षेत्रको विकास गर्न आफू लागिपर्ने उनले बताए ।
उनले भने, “१३ महिना सञ्चार मन्त्रालय चलाएको अनुभवले यो सबै कुरा भन्दै छु । जिल्लालाई आइटीको हब बनाउन सकियो भने, जिल्ला पनि धनी हुने छ, रोजगारी पनि मिल्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण