केन्द्रीय कारागारमा झडप
काठमाडौँ । काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारमा झडप भएको छ । कारागार भित्र रहेको महिला बन्दीगृहमा झडप भएको हो । महिला बन्दीगृहकी चौकीदार विष्णु मल्लको समूह र अन्य कैदीबन्दीबिच झडप हुँदा एक जना घाइते भएका छन् ।
कारागार भित्र सामानको मूल्यको विषयमा विवाद हुँदा चौकीदार र अन्य कैदीबन्दीको बिचमा झगडा भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । उनले भने, ‘चौकीदारसँग विवाद हुँदा झगडा भएको हो, अहिले स्थिति नियन्त्रणमा आएको छ ।
महिला बन्दीगृहकी चौकीदार विष्णु मल्ल हुन् । उनी ज्यान मार्ने उद्योग कसुरमा कारागारमा थुनामा परेकी थिइन् । केन्द्रीय कारागारका डीएसपी शैलेश न्यौपानेले महिला चौकीदारलाई पुरुष चौकीदारसँग भेट्न दिने गरेको आरोप छ । केन्द्रीय कारागारमा सञ्चालित ३ वटै ब्लकमा चौकीदारहरूले त्यहाँ सञ्चालन हुने क्यान्टिन र पसलमा ‘सिन्डीकेट’ लागु गरेको आरोप छ ।
चौकीदार मल्लले कैदीबन्दीसँग ‘प्रशासनलाई बुझाउनुपर्छ’ भनेर रकम मागेपछि त्यहाँका कैदीबन्दीले शुक्रवार बिहानैदेखि थाल ठटाएर आन्दोलन सुरु गरेका थिए । कारागार प्रशासनले महिला बन्दीगृहका १७ जनालाई त्यहाँबाट अन्यत्र कारागारमा स्थानान्तरण गरेको अनाश्रीत गुल्म, जगन्नाथदेवलका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
महिला बन्दीगृहमा ३ सय जना भन्दा बढी महिला कैदीबन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण