कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई
सारांश
- दार्चुलाको कारागारको सुरक्षाको जिम्मा अब नेपाली सेनाले लिएको छ।
- सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा सेनाको टोली सुरक्षाका लागि खटिएको छ।
- मन्त्रिपरिषद्को निर्णयअनुसार सेना परिचालन गरिएको हो, अनिल पौडेलले बताए।
दार्चुला। सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको छ ।
सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको हो । सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण