'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै 'उड्यो बादल' म्युजिक भिडियो सार्वजनिक
शनिबार, ०२ फागुन २०८२, ०८ : १९
काठमाडौँ । 'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै युवावस्थाको प्रेम, भावना र हृदयस्पर्शी गीत “उड्यो बादल” सार्वजनिक भएको छ ।
स्वदेश फाउन्डेसन नेपालको प्रस्तुतिमा सञ्चारकर्मी किशोर कुमार सेढाईको स्वरमा तयार भएको यस गीतको काठमाडौँमा शनिबार आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक भएको हो ।
नयाँपुस्ताका दर्शक तथा श्रोताको रुचिलाई केन्द्रित रहेको उक्त गीतको शब्द केवली सेढाईले कोरेका हुन् । गीतमा सङ्गीत खेम राज मैनालीको र सङ्गीत संयोजक जीवन राईले गर्नु भएको छ।
सो गीतको भिडियोलाई राज कुमार दर्जीले निर्देशन गरेका हुन । भिडियोमा दर्जी सँगै सुस्मिता कार्की,किशोर सेढाई,शिवहरि खनाल, ईस्वरा पाण्डेको अभिनय रहेको छ ।
गायक किशोर सेढाई अफिसियल युट्युबमार्फत मार्फत सार्वजनिक भएको यश गीतको छायांकन लक्ष्मण अधिकारी र कोरियोग्राफी वन्दना थापाले गरेकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण