प्रेम दिवस अर्थात फूल
शनिबार, ०२ फागुन २०८२, १२ : २६
अँ साच्ची,
अहिले त प्रेमको हाटबजार
निकै सस्तिएर
मात्र गुलाबको फूलको
मूल्य बढेको छ ।
मेरो बगैँचामा
निकै परिश्रम लगाएर
बर्षेनी सयौँ गुलाब फुलाएँ ।
अरुबाट निर्जीव प्रेम
पाउने आशामा
सजीव फूलको थुँगा बाडिरहेँ ।।
अफसोच,
जस — जसलाई
फूल बाँडियो,
पाउनुपर्ने प्रेम थियो ।
अँ — हँ पाइएन पटक्कै
मात्र तिरस्कार र बहिस्कार पाइयो ।।
भो अब त बन्द गर्नुपर्छ
प्रेमको हाटबजार,
प्रेम पाउने आशामा
फूललाई चुँडालेर फाल्नु छैन ।
सानदार जमेको अरुको
पारिवारिक बगैँचामा
सुटुक्क चोर बनेर
गन्धेझार बन्नुछैन ।।
अब त,
आफूले रोपेको फूल
आफैले उपहार लिएर
आफैको मूल्य बढाउनु छ ।
अबका प्रेम दिवसमा
आफूले आफैलाई माया गरेर
जीवन अनमोल बनाउनु छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण