दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, न्यूजिल्याण्ड ७ विकेटले पराजित
सारांश
- शनिबारको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्यो।
- टस जितेर बलिङ रोजेको दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १७५ रनमा समेटेको थियो।
- दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करमले ८६ रनको अविजित इनिङ खेले।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि ७ विकेटको जित हात पारेको छ ।
टस जितेर पहिले बलिङ रोजेको दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनमा सीमित गरेको थियो । न्यूजिल्याण्डका लागि मार्क च्यापम्यानले २६ बलमा ४८ रनको योगदान गरे भने ड्यारिल मिचेलले २४ बलमा ३२ तथा फिन एलेनले १७ बलमा ३१ रनको योगदान दिए ।
जवाफमा दक्षिण अफ्रिकाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १७.१ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान एडेन मार्करम ४४ बलमा अविजित ८६ रन बनाएर टोलीको जितका नायक बने भने डेभिड मिलर १७ बलमा अविजित २४ रनमा साथ दिए । रायन रिकेल्टनले ११ बलमा २१ रनको योगदान गरे ।
जितसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण