मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

पशुपति मन्दिर क्षेत्रबाट १५५ जना पक्राउ

आइतबार, ०३ फागुन २०८२, १५ : २७
आइतबार, ०३ फागुन २०८२

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले आइतबार १५५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न आशङ्कामा १५५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा सिक्री लुटमा संलग्न, चोरी र लागुऔषध (गाँजा)को कारोबार गर्नेहरु छन् । केहीलाई उच्छृङ्खल गतिविधि गर्दागर्दै र केहीलाई उच्छृङ्खल गतिविधि गर्नसक्ने आशंकामा नियन्त्रणमा लिइएको एसपी भट्टराईले बताए । उनले भने, ‘पूर्व सूचनाको आधारमा केही शङ्कितहरूलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएका छौँ ।’ 

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । स्क्रिनिङ गरेर उनीहरूलाई मुद्दा चलाइने एसपी भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप