महाशिवरात्रिको अवसरमा ‘नागबन्धम’को टिजर रिलिज, शिव अवतारमा विराट कर्ण
मुम्बई । तेलुगु फिल्म उद्योगका सुपरस्टार महेश बाबुले महाशिवरात्रिको अवसर पारेर ठुलो बजेटको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’को टिजर सार्वजनिक गरेका छन् ।
साढे दुई मिनेटभन्दा लामो टिजरमा कुनै संवाद छैन । संवादविहीन भए तापनि टिजरले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्न सफल छ । टिजरमा हिमालयको गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजानाको रहस्यलाई देखाइएको छ ।
अभिषेक नामाको निर्देशन रहेको फिल्ममा अभिनेता विराट कर्णको मुख्य भूमिका छ । महेशले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत टिजर सेयर गर्दै निर्माण टोलीलाई शुभकामना दिएका हुन् । टिजरमा विराट कर्णलाई महादेव (शिव) को शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ ।
फिल्म सन् २०२६ भित्र रिलिज हुनेछ । अभिषेक नामाकै लेखन समेत रहेको फिल्ममा कर्णका अलवा नाभा नतेश, ऐश्वर्या मेनन र बलिउड अभिनेता महेश माञ्जरेकर, जगपति बाबु लगायतको अभिनय छ । फिल्मलाई एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण