नेपाल धितोपत्र बोर्डबाट एक वर्षमा ८५ कम्पनीमाथि कारबाही (सूचीसहित)
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सुशासन कायम नगरेको र समयमै वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै विभिन्न ८५ वटा सूचीकृत कम्पनीहरूलाई कारबाही गरेको छ । बोर्डले ती कम्पनीहरूलाई नगद जरिवानादेखि सञ्चालक नियुक्ति गर्न निर्देशन दिएको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रचलित कानुन र संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम स्वतन्त्र सञ्चालक नियुक्त नगरेको पाइएकाले बोर्डले उक्त कम्पनीलाई तत्काल नियमावली बमोजिम स्वतन्त्र सञ्चालक नियुक्त गर्न निर्देशन दिएको छ ।
त्यस्तै त्रैमासिक विवरण नबुझाउने १५ कम्पनीहरुलाई जनही १ लाख रुपैयाँ जरिवाना गरेको छ ।आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण बोर्डमा नबुझाउने हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल पुनर्बीमा कम्पनी र विशाल बजार कम्पनीलगायत छन् ।
यस्तै ढिलो गरी विवरण पेस गर्ने ६९ कम्पनी कम्पनी कारबाहीमा परेका छन् । वित्तीय विवरण पेश गर्न म्याद थपको निवेदन नदिई ढिलो गरी चौथो त्रैमासिक विवरण बुझाउने ६९ वटा कम्पनीहरूलाई बोर्डले जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । यस समूहमा गरिमा विकास बैंक, सोल्टी होटल, एशियन हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स जस्ता नाम चलेका बैंक, जलविद्युत र बीमा कम्पनीहरू रहेका छन् ।
धितोपत्र बोर्डका अनुसार यी कम्पनीहरूले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २६ को उपनियम ९१० बमोजिम तोकिएको समयभित्र आफ्नो वित्तीय विवरण पेश नगरेका कारण धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम जरिवाना गरिएको हो ।
बोर्डले बजारमा पारदर्शिता र लगानीकर्ताको सूचनाको हक सुरक्षित गर्नका लागि नियमित रूपमा विवरण नबुझाउने र सुशासन पालना नगर्ने कम्पनीहरूमाथि कडाइ गर्दै आएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण