एक लाख बढीले गरे डोलेश्वरको दर्शन
सारांश
- महाशिवरात्रिको अवसरमा डोलेश्वर महादेव मन्दिरमा एक लाखभन्दा बढी दर्शनार्थी आए।
- मन्दिरमा दर्शनार्थीहरूको सहजताका लागि स्वयंसेवक, सुरक्षाकर्मी र स्वास्थ्य शिविरको व्यवस्था गरियो।
- सिपाडोलको आशापुरीदेखि साँगाको कैलाशनाथसम्म दर्शनार्थीहरूको घुइँचो लाग्यो।
भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा आइतबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक लाख बढीले दर्शन गरेका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आइतबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएकामा रात्रि ८ बजेसम्म चारवटै ढोकाबाट प्रवेश गरी दर्शन गर्नेको भीड रहेको जानकारी दिए ।
महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नान गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचालन गरिएको, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था गरिएको र स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । महाशिवरात्रिको मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई निःशुल्क प्रसादको व्यवस्था गरिएको जनाउँदै उनले दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामै पूजा गर्ने व्यवस्था गरिएको बताए ।
शिवरात्रिका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबालाई समितिले खाने, बस्ने, धुनी बाल्नेलगायतको व्यवस्था गरेको समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरुमध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गरिने भएको छ ।
महाशिवरात्रि पर्वका अवसरमा आइतबार सिपाडोलकै प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको दिनभरि भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।
सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको भीड लागेको छ ।
चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर, नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानैदेखि भीड लागेको र ती मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण