मिथिला मध्यमा परिक्रमा विधिवत रुपमा शुरु
धनुषा । मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा विभिन्न साधुसन्तहरूले संयुक्त रूपमा डोला मन्दिरबाट निकालेपछि परिक्रमा औपचारिक रूपमा प्रारम्भ भएको हो । यो परिक्रमा १५ दिनसम्म चल्नेछ र यसमा हजारौं साधुसन्त तथा श्रद्धालुहरू सहभागी छन् ।
यात्राले कुल १३३ किलोमिटर दूरी तय गर्दै नेपाल र भारतका विभिन्न पवित्र स्थलहरू पार गर्नेछ । परिक्रमामा १५ स्थानमा रात्रि विश्राम गरिन्छ, जसमध्ये अधिकांश नेपालमा र केही भारतको बिहारमा पर्छन् । कचुरीबाट निस्केको डोलासहितका श्रद्धालुहरू साँझ जनकपुरधामको हनुमानगढीमा पुगेर विश्राम गर्नेछन् ।
जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकी तथा अन्य मन्दिरका डोलाहरू पनि यसमा समाहित हुनेछन् । हनुमानगढीबाट मंगलबारदेखि परिक्रमा पूर्ण रूपमा विधिवत अगाडि बढ्नेछ । अठारौं शताब्दीदेखि चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित छ । परिक्रमा १५ औं दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) पूरा गरेपछि समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ ।
जनविश्वासअनुसार मन, वचन र कर्मले परिक्रमा गर्दा अनेकौं पाप तथा अन्याय नष्ट हुने, मनोकामना पूरा हुने तथा अन्ततः मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । यो धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई पनि मजबुत बनाउँदै आएको छ । श्रद्धालुहरूले यसलाई भगवान राम र माता जानकीको मिथिला आगमनसँग जोडेर हेर्ने गर्छन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण