सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पैदलयात्री कुट्ने जिप चालकमाथि प्रहरीले थाल्यो अनुसन्धान

मङ्गलबार, ०५ फागुन २०८२, १५ : ३०
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । सडकमा हिँड्दै गरेको पैदलयात्रीलाई कुटपिट गर्ने जिप चालकमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सामाजिक सञ्जालमा बा.३ च ११०३ नम्बरको चालकले ओर्लेर एक जना पैदलयात्रीलाई झापड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामाजिक सञ्जालबाट प्राप्त भिडियोबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘घटना काठमाडौँ उपत्यकाको भएको बुझिएको छ, हामी त्यसबारे अनुसन्धान गर्दै छौँ ।’

सडकमा साझा यातायात र ट्याक्सी देखिएको छ । जिपबाट ओर्लिने व्यक्तिले पैदलयात्रीलाई ‘ओ जँड्याहा के भन्या तैँले ?’ भन्दै दुई झापड हानेको देखिन्छ । सँगै रहेकी महिलाले पनि पैदलयात्रीलाई भन्छिन्, ‘हाँनौ तँलाई चप्पलले ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप