सेयर बजार फेरि २६५० भन्दा तल, एकैदिन २० अङ्कको गिरावट
काठमाडौँ । एक महिनापछि शेयर बजार परिसूचक फेरि २६५० भन्दा तल ओर्लिएको छ । मंगलबार २०.७५ अङ्कको गिरावटसँगै बजार सो विन्दुभन्दा तल झरेको हो । अन्तिम कारोबार हुँदा बजार २६४२.१५ बिन्दुमा झरेको छ । आजको गिरावट ०.७७ प्रतिशत हो ।
मंगलबार दिनभरिमा ३५४ कम्पनीका २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँमा खरिदबिक्री भए, जुन सामान्य अङ्क हो ।
आजको बजारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । कुल २१४ कम्पनीको मूल्य घट्दा ४२ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।
सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ । जसको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिलको मूल्य ९.६४ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी कारोबार हुनेमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो । यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
समूहगत रूपमा आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । फाइनान्समा सबैभन्दा धेरै २.११ प्रतिशतको गिरावट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण