कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने
भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।
वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने बोर्डले उनले जानकारी दिए ।
यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने जानकारी दिए । गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेटः नयाँ कार्यक्रममा जोड दिँदा पुराना दर्जनौँ कार्यक्रम गायब
-
एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी अदालतमा
-
लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
-
मुख्यमन्त्री विजय र पत्नी संगीता अदालतमा अनुपस्थित, सम्बन्धविच्छेदको मुद्दाको पेसी सर्यो
-
गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
-
चलचित्र ‘काला हिरण’ विवाद : अभिनेता गोविन्द नामदेवसँग ५० लाख रुपैयाँ क्षतिपूर्ति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण