युट्युब डाउन : होमपेज र सर्ट भिडियो नखुल्दा ३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित
काठमाडौँ । यदि तपाईं मोबाइल वा कम्प्युटरमा युट्युब चलिरहेको छैन भने नआत्तिनु, यो समस्या तपाईंको इन्टरनेटको होइन । अहिले विश्वभरका लाखौँ प्रयोगकर्ताले युट्युब डाउन भएको समस्या भोगिरहेका छन् । विशेषगरी युट्युबको मुख्य एप र वेबसाइटमा यो समस्या देखिएको छ ।
डाउनडिटेक्टरका अनुसार छोटो समयमै ३ लाखभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको रिपोर्ट गरेका छन् । यो समस्या एक्कासि सुरु भएर व्यापक रूपमा फैलिएको हो । सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले युट्युब नचलेको भन्दै गुनासो पोखिरहेका छन् । गुगल र युट्युब टिभीमा पनि केही समस्या देखिए पनि मुख्य असर भने युट्युबको मुख्य प्लेटफर्ममै परेको छ ।
परीक्षण गर्दा युट्युबको होमपेज, सर्ट भिडियो (Shorts) र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरू काम गरिरहेका छैनन् । मोबाइल एप र वेबसाइट दुवैतिर यो समस्या देखिएको छ ।
यद्यपि, युट्युब म्युजिक र युट्युब टिभीमा भने खासै ठूलो अवरोध देखिएको छैन । रोचक कुरा के छ भने, वेबसाइटमा भिडियोको प्रत्यक्ष लिंक वा अन्य साइटमा राखिएका इम्बेड गरिएका भिडियो भने चलिरहेको पाइएको छ ।

अहिलेसम्म गुगलले यस विषयमा कुनै आधिकारिक जानकारी वा प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण