अर्थ
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, ०६ फागुन २०८२, १० : ४२
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ।
- चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ, प्रति तोला ५ रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको मूल्य घटेको हो।
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले घटेको हो।
त्यसैगरी, सुनको मूल्य आज प्रतिदस ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतिदस ग्राम ४ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन ४ हजार १ सय ८८ रुपैयाँ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेटोलको विज्ञापन विवादमा तानिएपछि कम्पनीले माग्यो माफी
-
विवाद समाधानकाे जिम्मा रविलाई दिइएपछि बन्दसत्र सुरु, तस्बिरहरू
-
‘यो त बाहिरवालाको सरकार हो, यसले नेपाली जनताको हित गरेन’
-
सरकारमा जाँदा संगठन कमजोर भएको जनमत पार्टीको निष्कर्ष
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण