सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी
बुधबार, ०६ फागुन २०८२, १२ : ३३
सारांश
- राहदानी विभागले ग्याल्पो ल्होछारको सार्वजनिक बिदामा सेवा जारी राखेको छ।
- विभागले सेवाग्राहीको सुविधाको लागि आज र भोलि सेवा दिने जनाएको छ।
- सेवा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ।
काठमाडौँ । आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ ।
विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ ।
सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने विभागले जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण