स्कुटर चालकको मृत्युपछि तनावग्रस्त बनेपाको अवस्था सामान्य
अरनिको राजमार्ग सञ्चालनमा
बुधबार, ०६ फागुन २०८२, १२ : ४१
सारांश
- काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध भयो।
- दुर्घटनापछि स्थानीयले टिपरमा आगजनी गरेर राजमार्ग बन्द गरेका थिए।
- प्रहरीले अश्रुग्याँस प्रयोग गरेर स्थिति नियन्त्रणमा लियो, र टिपर चालकलाई नियन्त्रणमा लिइयो।
काठमाडौँ । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेर राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । भिड नियन्त्रण गर्न १२ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए । मृतक प्रधानले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटर चलाएका थिए । टिपर चालकलाई नियन्त्रणमा लिइएको डीएसपी विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण