एमाले सुनसरीका जिल्ला सदस्य गणेश विकले छाडे पार्टी
सारांश
- गणेश विकले नेकपा (एमाले) सुनसरीको साधारण सदस्यबाट राजीनामा दिएका छन्।
- उनले पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा र नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
- विकले पार्टीले लिएका निर्णयहरू देश र जनताको हितमा नभएको आरोप लगाएका छन्।
सुनसरी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्य गणेश विकले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका विकले पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा र नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका हुन् ।
जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा विकले पार्टीले पछिल्लो समय लिएका कतिपय निर्णय र नेतृत्वको कार्यशैली देश र जनताको हितमा नरहेको उल्लेख गरेका छन् । ‘पार्टीले लिएको राजनीतिक कार्यदिशा र मुख्य नेतृत्वले खेलेको भूमिका देश र जनताको पक्षमा नरहेको ठहर गर्दै, कार्यरत पार्टी जिल्ला कमिटी सुनसरी र पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,’ उनले लेखेका छन् ।
जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमलाई मुख्य कारणका रूपमा औंल्याएका छन्। विकले राजीनामाको बोधार्थ नेकपा (एमाले) कोशी प्रदेश कमिटीलाई समेत पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण