माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोः नेपालकी गीता विष्टलाई रजत
काठमाडौँ । नेपाल तेक्वान्दो संघद्वारा आयोजित चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (जी–१) मा नेपालकी गीता विष्टले रजत पदक जितेकी छन् ।
दशरथ रंगशालामा बुधबार भएको महिला ६७ केजी मुनिको तौल समूहमा गीता फाइनलमा भारतकी मधु सिंहसँग पराजित भएपछि रजतमा चित्त बुझाउन बाध्य भइन् ।
सोही स्पर्धामा नेपालकी रेजिना पार्की र श्रीलंकाकी विनोथकन्ना क्यासिलडेसले कास्य पदक हात पारे । विश्व तेक्वान्दो महासंघको र्याङ्किङ प्रतियोगिता अन्तर्गत भएको यस खेलमा विभिन्न देशका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रतियोगिताको अन्य विधातर्फ महिला ४६ केजी मुनि पोर्चुगलकी कियारा बारोसोले स्वर्ण जितिन् भने हङकङकी त्सेज वान लाउले रजत हात पारिन् । यसै समूहमा नेपालका प्रकृति पाली र सन्तोषी राईले कास्य पदक जितेका छन् ।
त्यस्तै, महिला ५३ केजी मुनि भारतकी अनिषाले मलेसियाकी नोरुमर मोहम्मद फिरदौसलाई हराउँदै स्वर्ण जितिन् । ७३ केजी मुनि पनि भारतकै दास एटिशाले हङकङकी चेउङ हो यानलाई पराजित गरी स्वर्ण पदक आफ्नो पोल्टामा पारिन्, जहाँ नेपालकी अनामिका तामाङले कास्य पदकमा चित्त बुझाइन् ।
पुरुषतर्फको प्रतिस्पर्धामा ५८ केजी मुनि भारतका अब्दुल वाहिदले स्वर्ण र पाकिस्तानका अबुबकर सिद्दिकीले रजत जिते । ६८ केजी मुनि थाइल्याण्डका थानापुम फुआङनोइले भारतका नवीनलाई हराउँदै स्वर्ण पदक जिते भने ७४ केजी मुनि पनि थाइल्याण्डकै कृतायोट फ्रोम्पात्जुले जापानका ताकातो काटोसलाई पराजित गरी स्वर्ण जिते । अर्को स्पर्धामा पाकिस्तानका हमजा ओमर सईदले भारतका श्रीनिधि दीपक काटकरलाई हराएर स्वर्ण पदक हात पारे ।
नेपालसहित २३ राष्ट्रका करिब १२०० खेलाडी सहभागी यस भव्य प्रतियोगितामा अब जुनियर र क्याडेटका खेलहरू सुरु हुने भएका छन् । संघका महासचिव हेमन्त डाँगीका अनुसार बिहीबारदेखि जुनियर र क्याडेट तर्फका प्रतिस्पर्धा सुरु हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण